एसइईको नतिजा प्रकाशित

आदर्श समाज सम्वाददाता
भाद्र १, २०७७
कभभ

पाेखरा, १ भदाै । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइईको नतिजा प्रकाशित गरेको छ ।

कोरोना महामारीका कारण परीक्षा सञ्चालन हुन नसकेपछि सम्बन्धित विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गरिएको हो ।

विद्यालयले गरेको मूल्यांकनलाई प्रमाणित गरी नतिजा सार्वजनिक भएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार ४ लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको छ ।

परीक्षाका लागि कुल ४ लाख ८२ हजार परीक्षार्थीले परीक्षा फारम भरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width