सुप्रसिद्ध संगीतकार बीबी अनुरागी र गीतकार सुमन श्रापित बीचको साङ्गीतिक जोडी निकै जम्दै आएको छ ।
उनीहरू गीतकार र संगीतकारको जोडीका रुपमा मात्रै होइनन् । यी दुईको सहकार्यका थुप्रै गीत नेपाली गीत संगीत बजारमा कालजयी बनेका छन् । बसाईका हिसाबले अनुरागी काठमाडौँ बस्दछन त श्रापित पोखरा तर दुई बीच मित्रता र साङ्गीतिक सहकार्यमा निकै निकट छ ।
अनुरागी देशकै अब्बल संगीतकार हुन् उनका महिना मै दर्जनौं गीत रेकर्ड हुन्छन् भने श्रापित राजधानी बाहिर रहेर अत्याधिक गीत रेकर्ड गराउने चिरपरिचित गीतकार हुन् । यसैक्रममा यी दुईको शब्द संगीतमा पछिल्लो साङ्गीतिक कोसली तारेभीरमा बुकी बजारमा आएको छ ।
जसमा धिरेन कुमार रोकाया र मेलिना राईको आवाज रहेको छ ।
रोजगारीको शिलशिलामा कोरियामा रहेका रोकायाको आवाज कोरियाकै स्टुडियोमा रेकर्ड गरिएको हो भने बाँकी काम प्रिज्म डिजिटल काठमाडौंमा भएको हो ।
तारेभीरमा बुकी अहिलेको चलन चल्तीको रमाइलो डान्सिङ शैलीको गीत हो । यस गीतमा गीतकार सुमन श्रापितले माया लाउनु पाप होइन, अपराध होइन, माया बिना संसार अछुतो रहन पनि सक्दैन तसर्थ माया लाउनेहरुलाई माया लुकीछिपी होइन हाक्काहाक्की लाउनु पर्छ भनेर सुझाएका छन् ।
गीतमा संगीतकार बीबी अनुरागीकै संगीत संयोजन रहेको छ भने गीतको मिक्सिङ माष्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।
म्युजिक भिडियोमा कबिर खड्का र सारिका केसीको अभिनय देख्न सकिन्छ । रक कौशलले छायांकन गरेको यस भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन्। माधव श्रेष्ठ सहनिर्देशक रहेको भिडियोलाई शिव विकको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो।
Related News
सम्बन्धित समाचार
पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन
संगीतकार सुरेश सम्मानित
मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
देवघाटमा मकर काव्य यामिनी
हेमजा रेडक्रसको निबन्ध
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१