बागलुङमा एउटै गाउँको छुट्टाछुट्टै पहिरोमा परी तीन जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
श्रावण ३१, २०७७
dead-body-1_3199456_835x547-m

पोखरा, ३१ साउन । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–५ कारीगाउँमा शनिबार बिहान २.०० बजे पहिरोले घर पुर्दा दुई बालकको मृत्यु भएको छ ।

शनिबार बिहान २.०० वजे हिराबहादुर बिकको घर पहिरोले पुरिँदा उनका १४ वर्षीय छोरा वीरेन्द्र बिक र सोही गाउँपालिका–५ निवासी उनका नाती (छोरीका छोरा) ६ वर्षीय प्रवेश बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ । मामाघरमा बस्न आएका प्रवेश शुक्रबार राति मामासँग छुट्टै कोठामा सुतेका थिए। उनीहरुको शव बिहान ६.०० बजे प्रहरी र स्थानीयले पुरिएको स्थानबाट बाहिर निकालेका थिए ।

पहिरोले घरपुर्दा हिराबहादुरकी पत्नी ५३ वर्षीया दिलसरा बिक घाइते भएकी छन् । उनको अवस्था भने सामान्य छ । उनको दाहिने हात र शरिरका विभिन्न भागमा चोट रहेको प्रहरीले जानकारी दिएको छ । घरका अन्य तीन सदस्य भने सकुशल रहेको जानकारी बागलुङ प्रहरीले दिएको छ । घाइते दिलसरालाई उपचारको लागि झिवाखोला स्वास्थ चौकी लगिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बागलुङकै निसीखोला गाउँपालिका–३ धारखर्कमा शनिबार बिहान ३.०० बजे छुच्चे कामीको घर पहिरोले पुर्दा उनकी पत्नी ६० वर्षीया बली बिकको मृत्यु भएको छ । राति सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले पुरेको थियो । उनको शव स्थानीयले पहिरोबाट शनिवार बिहान ७.३० बजे निकालेका थिए । घरका रहेका अन्य सदस्य भने सकुशल रहेको बागलुङ प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । विश्व सिमसार दिवस अवसरमा पोखराको प्रतिभा माविमा जलवायु परिवर्तन, सिमसार क्षेत्रको संरक्षणलगायत विषयमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण…
  • सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा…
  • कोटीहोम गोलचक्करमा पोखरा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । सयौं वर्ष पुराना चौतारा र रुख मासेर कोटीहोम महायज्ञका लागि दाउरा बटुलेपछि मानव सेवा फाउण्डेसन र त्यसका संस्थापक…
  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…
  • पूर्वराजा ज्ञानेन्द्र पोखरामा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । पोखरा र आसपासका जिल्लामा रहेका शक्तिपीठ भ्रमणका लागि उनी आइतबार समिट…

hero news full width