पोखरा, २५ साउन । युवती बलात्कारको अभियोग लागेका सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीलाई अधिकतम् २१ वर्षसम्म सजाय माग गर्दै अभियोगपत्र दायर गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार उनीविरुद्ध २१ वर्ष सजाय माग गर्दै जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत कास्कीमा अभियोगपत्र दायर गरेको हो ।
सरकारी वकिलको कार्यालयका प्रवक्ता पूर्णप्रसाद शर्माका अनुसार मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा २ (ङ) अनुसार ७ देखि १० वर्ष सजाय माग भएकोमा संहिताको दफा २२३ को उपदफा २ को (१) बमोजिम ४ वर्षसम्म कैद र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा १५ को उपदफा २ (ङ) अनुरुप डेढी सजाय हुने व्यवस्थासहित ३ अभियोग दर्ता गरी गरिएको हो । जसअनुसार कुल अधिकतम् २१ वर्षसम्म कैद सजाय माग दायर गरिएको छ ।
यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीले अधिकतम् १५ वर्ष सजाय माग गर्दै गत शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयमा आवश्यक अनुसन्धासहित कागजात पेस गरेको थियो । सोमध्ये सरकारी कर्मचारीसहित उच्च पद धारण गरेको व्यक्तिलाई डेढी सजाय हुने व्यवस्था छ ।
अधिकारीलाई धरौटीमा छाड्ने वा हिरासतमा राखेर अनुसन्धान गर्ने भन्ने विषयमा सोमबार थुनछेक बहस हुनेछ । त्यसपछि अदालतले आदेश गर्नेछ । जसमा धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार चलायन गर्ने वा शुद्ध तारेखमा छाड्ने गरी ३ प्रकारको आदेश हुने व्यवस्था छ ।
पोखरा लामापाटनस्थित सशस्त्र प्रहरी, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा कार्यरत एसएसपी अधिकारीविरुद्ध गत असार ३१ मा चितवनबाट २७ वर्षीया युवतीलाई खाना खान बोलाएर क्वार्टरमै जबर्जस्ती बलात्कार गरेको संगीन अभियोग छ ।
एकाएक सो घटना बाहिरिएपछि एसएसपी अधिकारीलाई अनुसन्धानका लागि भन्दै कास्की प्रहरीले सोही दिन पक्राउ गरेको थियो । त्यसपछि पटकपटक गरी ३ पटकसम्म जिल्ला अदालतबाट म्याद थप स्वीकृति लिई प्रहरीले आवश्यक अनुसन्धान गर्दैआएको थियो । जसमा पहिलो पटक ७, दोस्रो पटक ७ र तेस्रो पटक १४ दिन म्याद थप भएको जनाइएको छ ।
आफूलाई खाना खान बोलाएर अधिकारीले बलात्कार गरेको मौखिक उजुरी सोही दिन ती युवतीले जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोल रुम १०० मा टेलिफोनमार्फत दिएकी थिइन् । त्यसपछि प्रहरीले पीडित युवतीलाई भेटेर घटनाबारे थप जानकारीसँगै घटनास्थलको अवलोकन गरी एसएसपी अधिकारीलाई पक्राउपछि हिरासत राखेको हो ।
घटना विवरण अनुसार चितवनबाट सोही दिन बिहान स्कुटर चढेर आएकी ती युवती खाना खाने निम्तो मान्न लामापाटनस्थित एसएसपी अधिकारी बस्ने क्वार्टरमै गएकी थिइन् । खानामा लठ्याउने चिज हालेर अधिकारीले आफूमाथि जबर्जस्ती बलात्कार गरेको उजुरी दिएपछि कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवनकुुमार श्रेष्ठ नेतृत्वको टोलीले अधिकारीलाई शिक्षालय परिसरको झाडीमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गर्न सफल भएको थियो । स्रोतका अनुसार सो दिन एसएसपी अधिकारीको क्वार्टरमा रहेका सामानहरु छरपस्ट थिए ।
उनको सरुवाको अघिल्लो दिनमात्र सो घटना भएको थियो । स्याङ्जाका अधिकारी १ वर्षदेखि लामापाटनमा प्रमुखमा कार्यरत थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१