मृगौला पीडितलाई सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७७
117187238_823292154870161_708034486911864097_n

माछापुच्छ्रे गाउँपालिका–३ घाचोक कि मृगौला पीडित सुस्मिता परियारलाई आर्थिक सहयोग गरिएको छ।

वैदेशिक रोजगार स्वयंसेवक टिम र माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्ल्ब लाहाचोकको संयुक्त अभियानमा सङ्कलित रकम वडा नं ४ का जनप्रतिनिधि पूर्णबहादुर शाही र वडा नं ३ का जनप्रतिनिधि सूर्यप्रसाद लम्सालको उपस्थितिमा १ लाख १३ हजार ९ सय ३३ रुपियाँ हस्तान्तरण गराइएको सुशील श्रेष्ठले जानकारी गराए ।

पीडितका गाउँवासी युवाले चलाएको अभियानमा छिमेकी गाउँ लाहाचोकले रकम सङ्कलन गरेको थियो ।  हाम्रो सानो सहयोगले उपचारमा टेवा मिल्छ भने किन सहयोग नगर्ने सोँचले वैदेशिक रोजगार स्वयंसेवक टिम संयोजक राजु क्षत्री अपुरोले आह्वान गरेपछि सक्रीय भएको कोरियामा कार्यरत सुन्दर हमाल, समीर शाही र अस्ट्रेलियाबाट सगुन अधिकारी र साउदीबाट लवि क्षत्रीले जानकारी गराए ।

यस अघि पनि वैदेशिक रोजगारमा रहेका लाहाचोकवासीले स्वयंसेवक टिम गठन गरी दुवै मृगौला फेल भइ उपचार गराइरहेका हरिलाल परियारका लागि १२ लाख पचास हजार हस्तान्तरण गराएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width