कोरोनाबाट झण्डै ७ लाखको मृत्यु

रासस
श्रावण २१, २०७७
Coronavirus_green

जेनेभा | विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ९७ हजार २ सय ८१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । हालसम्म विश्वभरीमा १ करोड ८४ लाख ५० हजार ८ सय ३७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म १ करोड १६ लाख ८१ हजार ९६० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ७१ हजार ५ सय ९६ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ६ सय ७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

संयुक्त राज्य अमेरिकामा मात्र ४८ लाख ६२ हजार २८५ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ५८ हजार ९३१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४२ लाख ८७ हजार ८३५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ४८ हजार ४०८ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ५७ लाख १४ हजार ७५९ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख २३ हजार १०५ जनाको मृत्यु भएको छ ।

युरोपमा २९ लाख २४ हजार ९४४ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख चार हजार ६४ को मृत्यु भएको छ ।

एसिया ४५ लाख २९ हजार ५९९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ७३५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा नौ लाख ७२ हजार २८७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २० हजार ६७१ जनाको मृत्यु भएको छ ।

ओसियानामा २० हजार ५१७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २५७ जनाको मृत्यु भएको छ ।

भारतमा १८ लाख ५५ हजार संक्रमित

भारतमा सङ्क्रमितको सङ्ख्या १८ लाख ५५ हजार नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार ५० जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ५५ हजार ७ सय ४६ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ८ सय ३ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार ९ सय ३८ जना पुगेको छ । सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये १२ लाख ३० हजार ५ सय १० व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख ८६ हजार २ सय ९८ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width