पछिल्लो २४ घण्टामा २२४ मा कोरोना संक्रमण

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७७
covid 19 corona banner

काठमाण्डौ, १६ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मनत्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २२४ जनामा कोरोना पुष्टि भएको बताए। नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ३१६ रहेको छ।

१० हजार ८६७ को पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै पछिल्लो २४ घण्टामा नोपलमा थप १५१ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या १४ हजार ३९९ पुगेको छ । प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोना संक्रमित निको हुनेको प्रतिशत ७२.८ रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width