पोखरा, १५ साउन । गण्डकी प्रदेशमा एकैदिन ३८ संक्रमित फेला परेका छन् । तीमध्ये १४ जना पोखराका पुरुष छन् ।
पोखरामा भएको पीसीआर परीक्षणमा कास्कीमा १४ जनासहित स्याङ्जामा ११, बागलुङमा ६, तनहुँ र लमजुङ ३/३, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ जना गरी ३८ संक्रमित बनेका छन् । तीमध्ये स्याङ्जा गल्याङका २ जना महिला छन् । अरु सबै पुरुष हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्तिमार्फत सो कुराको पुष्टि गरेको हो ।
कास्कीको पोखरा महानगरपालिकामा १४ जना पुरुषमा संक्रमण देखिएको हो । क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणमा पोखराका वर्ष २२ र ३१ पुरुषमा कोरोना देखिएको छ । यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा अन्य १२ जनामा कोभिड–१९ देखिएको हो । उनीहरुको उमेर समूह वर्ष १५ देखि ४० सम्म छ । जसमा वर्ष १५, १९, २१, २३, २४, २७ छन् । यस्तै वर्ष ३०, ३२ र ४२ का २–२ जना छन् ।
स्याङ्जाको बिरुवा गाउँपालिकाका ३४ वर्षीय पुरुष, पुतलीबजारका ४१ वर्षीय पुरुष, भीरकोट नगरपालिकाका ४९ वर्षीय पुरुष संक्रमित बनेका छन् । यस्तै गल्याङनगरपालिकाका ६ पुरुष र २ महिलामा संक्रमण देखा परेको छ । गल्याङका वर्ष २४, ३५, ४०, ४१, ४८ र ४९ जना पुरुष र वर्ष ४० र ५० की महिला संक्रमित बनेका हुन् ।
यस्तै, बागलुङको काठेखोलाका वर्ष २४ र २५, बागलुङ नगरपालिकाका वर्ष ३०, जैमिनीका वर्ष ५२, बडिगाडका वर्ष ३४ र ३६ का पुरुषमा पनि पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ ।
तनहुँको ऋसिङ गाउँपालिकाका वर्ष ३९ र व्यास नगरपालिकाका वर्ष १७ र २४ का पुरुष कोभिड–१९ बाट संक्रमित बनेका छन् ।
उता, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० को बौदीकालीका वर्ष ३० का पुरुष, लमजुङको बेसीसहरका वर्ष ३०, ३३ र ५० का पुरुष पनि संक्रमित बनेका छन् ।
गण्डकीमा संक्रमित बढेसँगै निको हुनेको संख्या पनि बढेको छ । हालसम्म संक्रमित १ हजार ४ सय ७९ जना रहेकोमा १ हजार २ सय ३० जना निको भइ घर फर्केको प्रदेश स्वास्थ्य निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
गण्डकी अन्तर्गत स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका १० दिनका लागि सील गरिएको छ । पुतलीबजारस्थित जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा एकपछि अर्को संक्रमित देखिएपछि सम्भावित बढी संक्रमण फैलिन नदिन २ दिनदेखि नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा प्रवाहमा रोक लगाइएको छ ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१