पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ६ लाख ५६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कुल संक्रमित करिब १ करोड ६६ लाखमध्ये करिब १ करोड २ लाख व्यक्ति कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । अझै पनि करिब ६६ हजार व्यक्ति गम्भीर अवस्थामा उपचार गराइरहेका छन् ।
कोरोना भाइरस फैलिन नदिन सोमबार विश्वका विभिन्न मुलुकमा कडा नियम घोषणा गरिए पनि कोरोना संक्रमितको संख्या निरन्तर बढेको देखिएको छ । कतिपय मुलुकले समुद्री तट (बीच) बन्द गर्नुका साथै क्वारेन्टिनका नयाँ उपाय घोषणा गर्न थालेका छन् ।
युरोपेली मुलुकले पहिलो चरणमा गरिएका लकडाउनका कारण सिर्जित आर्थिक क्षतिको पुनरुत्थान गर्न होसियारीपूर्वक कदम चाल्न थालेका छन् । यी देशमा पर्यटन क्षेत्र खुला गर्न थालिएको छ, तर कोरोनाको दोस्रो लहर उत्पन्न हुन नदिन विशेष सावधानी अपनाइएको छ ।
स्पेनको पर्यटन उद्योगले नयाँ चुनौतीको सामना गर्नु परेको छ । बेलायत सरकारले स्पेन भ्रमण गर्ने बेलायती हरेक पर्यटकले स्वदेश फर्किएपछि अनिवार्यरुपमा क्वारेन्टिनमा बस्नुपर्ने नियम जारी गरेको छ । यसबाट धेरै बेलायती पर्यटक र टुर अपरेटर्सले बेलायतीको भ्रमण रद्द गरेका छन् ।
हङकङमा कोरोना भाइरसको नयाँ संक्रमण शृंखला शुरु भएपछि सार्वजनिक स्थलमा अनिवार्यरुपमा मास्क लगाउन आदेश दिएको छ ।
Related News
सम्बन्धित समाचार
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
कास्कीमा २ सय बढी संक्रमित
कोरोनाको उद्गमस्थल चीनको वुहानमा फेरि लकडाउन
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१