पछिल्लो समय आफ्नो जन्मदिने मनाउने संस्कारमा विविध परिवर्तन आउन थालेका छन् ।
यसै क्रममा यशकुमारी मानवअधिकार स्मृति अक्षयकोषका संस्थापक समाजसेवी सविन जिसीले आफ्नो जन्मदिन विभिन्न सामाजिक सेवामुलक कार्य गरेर मनाएका छन् ।
विभिन्न सामाजिक संघसंस्थामा आवद्ध जिसीले वार्षिक रुपमा कहिले दिदी, हजुरबुबा, हजुरआमाको स्मृति, त कहिले घर परिवार र आफ्नो जन्मदिनका सन्दर्भमा लाखौं रुपैयाँ आर्थिक सहयोग गरेर समाजसेवाका कार्यमा आफूलाई क्रियाशील गराउँदै आएका छन् ।
यसैक्रममा उनले मङ्गलबार विभिन्न प्रजातिका वृक्षरोपण र आर्थिक सहयोग गरेर जन्मदिन मनाएका छन् । हरेक वर्ष आफ्नो उमेर अनुसारका बिरुवा रोपण गर्दै जन्म दिन मनाउँदै आएका जिसीले ४० औं जन्मदिनको सन्दर्भ पारेर मङ्गलबार विभिन्न प्रजातिका ४० विरुवा रोपेका छन् ।
उक्त विरुवा पोखरा–१९ लामाचौरको हाडे मोहरपानी सामुदायिक वनमा रोपिएका छन् । वृक्षरोपण कार्यक्रममा स्थानीय क्षेत्रमा क्रियाशील आमा समूह, जागृति टोल विकास संस्था, श्रीगणेश बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीले उनको अभियानलाई साथ दिएका थिए ।
समाजसेवी जिसीले वृक्षरोपण मात्र होइन, पोखरा–१६ गैह्राबारी आमा समुहबाट निर्माण भैरहेको सामुदायिक बहुउद्देश्यीय भवनको लागि ११ हजार एक सय ११ रुपैयाँ नगद आर्थिक सहयोगसमेत प्रदान गरेका छन् ।
मानवअधिकारको रक्षा, सामाजिक र साहित्य सेवामा क्रियाशील जिसी मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीका कोषाध्यक्ष हुन् । विभिन्न सामाजिक सेवाका काम गर्दै आएका जिसीले यस अघि आफ्नी दिदी यशकुमारी जिसीको स्मृतिमा स्मृति कोष, हजुरबुबा हजुरआमाको स्मृतिमा इन्द्रहुमा वाङ्मय कोष स्थापना गरी विभिन्न अनुष्ठान गर्दै आएका छन् ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१