विश्वमा १ करोड ६४ लाख संक्रमित

रासस
श्रावण १३, २०७७
covid 19 corona banner

जेनेभा । विश्वमा सोमबारसम्म १ करोड ६४ लाख ३२ हजार १ सय १० जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।

कोरोना भाइरस संक्रमणको कारण विश्वभरी ६ लाख ५२ हजार ४ सय ३७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।

संक्रमितमध्ये हालसम्म १ लाख ५६ हजार ५ सय ५४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५७ लाख २१ हजार ८ सय ४४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६६ हजार २ सय २९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४३ लाख ७१ हजार ८ सय ३९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४९ हजार ८४९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३७ लाख ४२ हजार ३ सय ६६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ १ लाख ३४ हजार २ सय ५६ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ५१ लाख २९ हजार ९ सय ६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ २ लाख ८ हजार ५ सय ९६ जनाको मृत्यु भएको छ ।

एसिया ३९ लाख ५ हजार ४ सय ३९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८७ हजार ४ सय ६५ जनाको मृत्यु भएको छ ।अफ्रिकामा ८ लाख ५० हजार ६ सय २८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १७ हजार ८ सय ८ जनाको मृत्यु भएको छ ।

ओसियानामा १६ हजार ६ सय ६४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय ८३ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै