पोखरामा थपिए सोमबार २ कोरोना संक्रमित

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०७७
covid 19 corona banner

पोखरा, १२ साउन । पोखरा महानगरपालिका भित्र सोमबार दुई कोरोना संक्रमित थपिएका छन् । संक्रमित दुई मध्य ३० वर्षीया महिला छन् भने २९ वर्षीय पुरुष छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार तीन सय ७७ पुगेको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप २ जना संक्रमित फेला परेको स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेश कार्यालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिए । शर्माका अनुसार दुबैजनालाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १२०१ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width