राखेप सदस्यसचिवलाई ३ जनाको नाम सिफारिस

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७७
sports rakhepa

पाेखरा, ७ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्यसचिवका लागि ३ जनाको नाम सिफारिस गरिएको छ ।

सिफारिस समितिले वर्णानुक्रमअनुसार अञ्जु श्रेष्ठ, लिलबहादुर थापामगर र रमेशकुमार सिलवालको नाम बुधबारमात्र युवा तथा खेलकुद मन्त्री समक्ष सिफारिस गरेको हो।

सिफारिस भएका सिलवाल निवर्तमान सदस्यसचिव हुन् । थापा मगर नेकपाका केन्द्रीय सदस्य र श्रेष्ठ राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान हुन्।

समितिको ६ पटकसम्म बैठक बसेर तीन जनाको नाम सिफारिस गरेको स्रोतले जनाएको छ ।

मन्त्रिपरिषद्को अब बस्ने बैठकले तीन जनामध्ये एकलाई राखेप सदस्यसचिवमा नियुक्ति गर्नेछ।

सदस्य सचिवका लागि यसअघि २७ जनाले मन्त्रालयमा आवेदन बुझाएका थिए। तीमध्ये ३ महिला थिए । सिफारिस गर्दा कम्तीमा १ महिला हुनुपर्ने प्रावधान थियो ।

पोखराबाट नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष एवं ह्याण्डबल संघ अध्यक्ष तेज गुरुङले आवेदन बुझाएका थिए । त्यस्तै पोखराबाट आवेदन बुझाएका मनबहादुर गुरुङको भने आवेदन रद्द भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width