म्याग्दी । अन्नपूर्ण गाउँपालिका–२, भुरुङ्ग तातोपानीस्थित नाकढुङ्गा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । माथिबाट खसेको पहिरोसँगै ढुङ्गा लागेर सोही गाउँपालिका ३, काभे्रका ३२ वर्षीय झलक पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।
असार २० मा कुवेतबाट आएर बेनीस्थित म्याग्दी बहुमुखी क्वाम्पस क्वारेन्टाइन बसेर घर जाने क्रममा पुुनको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक किरणजङ्ग कुँवरले जानकारी दिए । उनका अनुसार पुनसँगै साथमा गएका अन्नपूर्ण–४, नारच्याङका २७ वर्षीय अनिल गर्वुजा घाइते छन् ।
१४ दिन क्वारेन्टाइनको बसाइ सकेर पुन र गर्बुजा सोमबार कालीगण्डकी नदीकोे उच्च वहाबले सडक कटान गरेपछि अन्नपूर्ण होटलभन्दा माथिको खच्चड हिड्ने पैदलमार्ग हुँदै घरतर्फ लागेका थिए । कुवेतबाट २ वर्षपछि घर आएका पुनका बाबाआमा, श्रीमती र दुई छोरा छन् ।
त्यसैगरी सोही गाउँपालिका–३ काभ्रेस्थित भजेनी खोलामा आएको बाढीले बगाएर काभ्रेका ६९ वर्षीय बलबहादुर गर्बुजा बेपत्ता भएका छन् ।
सोमबार साँझ ठाडो खोला भजेनीमा तर्ने क्रममा बाढीले बगाएर गर्बुजालाई बेपत्ता बनाएको वडा सदस्य हस्तबहादुर पुनले जानकारी दिए । बेपत्ता गर्बुजाको ज्याकेट र पानी बुट भेटिएको छ ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१