अविरल वर्षाले गण्डकीमा भएको क्षति

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७७
IMG_0578

पोखरा, ७ साउन । अविरल वर्षापछि आएको बाढीपहिरोमा गण्डकी प्रदेशमा मानवीय तथा भौतिक क्षति हुन गएको छ ।

प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बुलिङटार २, टाँडीमा पहिरोले घर बगाउँदा दम्पतीको मृत्यु भएको छ ।

स्थानीय ६१ वर्षीय शेरबहादुर नेपालीको घर पहिरोले बगाउँदा उनीसहित ५७ वर्षीया श्रीमती खीलमाया नेपालीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । अविरल वर्षापछि मंगलबार बिहान साढे ९ बजे आएको पहिरोले नेपाली दम्पतीको घर बगाएको हो ।

घटनापछि प्रहरी नायव निरीक्षक अम्मर थापाको कमाण्डमा ४ जनाको टोली उद्धारका लागि खटिएको थियो । पहिराले उनीहरुको एक गाई, एक गोरु एक बंगुर, ६ बाख्रा र २५ कुखुरा समेत बेपत्ता पारेको थियो ।

उता, कालीगण्डकी नदीमाथि बनेको म्याग्दीको अन्नपूर्ण ३, ठाना ठानीटोल र वडा ४, स्वाँरा जोड्ने झोलुङ्गे पुल वर्षाका कारण क्षति पुगेको छ । बाढीले मंगलबार बिहान सवा २ बजेतिर पुलमा क्षति पुर्‍याएको प्रहरीले जनायो ।

यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३, तितरका रमेश बुढाथोकीको घर कालीगण्डकी नदीले बिहान ८ बजे बगाउँदा पूर्ण क्षति पुगेको छ । ब्लकले बनाएको र जस्ताले छाएको एकतले सो घर नदीले बगाएकोमा मानवीय क्षति भने टरेको छ । घर ५ कोठे कच्ची थियो ।

यसैगरी, मुस्ताङको थासाङका २ घरमा बसोबास गर्ने परिवारलाई सुरक्षितरुपमा स्थानान्तरण गरिएको छ । अविल वर्षाको कारण पहिरो आइ घर जोखिममा परेकोले स्थानीय २ घरका ४ जनालाई सुरक्षित रुपमा स्थानान्तरण गरिएको हो ।

द्धारका लागि प्रहरी नायव निरीक्षक जगत ढकालको कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।

पहिराले पृथ्वीराजमार्गअन्तर्गत पोखरा–मुगलिङ सडकखण्डमा दर्जनौं स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध हुन पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width