रोटरी क्लब अफ पोखरा फिस्टेलको १८ औ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
वर्ष २०१९/२० का अध्यक्ष अर्जुन थापाले आफ्नो कार्यकालमा भएका कार्यक्रमबारे जानकारी दिदै थापाले सामाजिक सेवाका हेतुले स्थापना भएको यस क्लबले रुपमा शिक्षा स्वास्थलगायतका विभिन्न क्षेत्रमा काम गर्नुका साथै लक्षित समूह केन्द्रीत कार्य गरी यस क्षेत्रमा उत्कृष्ट क्लबको रुपमा स्थापित हुन सफल भएको बताए ।
वर्ष २०२० र २१ का अध्यक्ष रमेशप्रसाद कोईरालाले आफ्नो कार्यभार ग्रहण गर्दै कोरोनाको यो बवषम परिस्थितिमा क्लबले विभिन्न क्षेत्रमा कार्य गर्नुपर्ने र थप जिम्मेवारी आफ्नो काँधमा आएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक गर्भनर राजीव पोख्रेलले विद्यतिय प्रणालीमार्फत् सम्बोधन गर्दै प्रत्येक रोटरीयनहरु निःस्वार्थ रुपमा समाजसेवामा समर्पित हुनुपर्ने बताए ।
कोरोनाको कहर बाट विश्व आक्रान्त बनेको बेलामा लक्षित समूहलाई सहयोग गर्नुपर्ने भएका कारणले ग्लोबल ग्रान्ट प्राप्त गर्नका हामीले पनि रोटरी कोषमा रकम सहयोग गर्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिए ।
एसिस्टेन्ट गर्भनर दुर्गादत्त आचार्यले कार्यक्रमको सफलताको कामना गर्दै रोटरी क्लबको आवश्यकता र यसले समाजमा कसरी योगदान पुर्याउन सक्छ भन्ने बारेमा प्रकाश पारे ।
नेपाल सरकार र बिश्व स्वास्थ्य संगठनले जारी गरेको प्रोटोकलको पूर्ण पालना गर्दै सम्पन्न भएको सो कार्यक्रममा आफ्नो कार्यकालमा प्रभावकारी कार्य गर्नुभएका रोटरीयनलाई अध्यक्ष अर्जुन थापाले सम्मान गरेका थिए ।
कार्यक्रमको संचालन वर्ष २०२० र २१ का सचिव रबिन्द्र केसीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा पूर्व अध्यक्ष लक्ष्मी थापा गिरीले स्वागत र बासु त्रिपाठीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा सहसचिव कमला गिरीले अतिथिको जीवनी र पूर्व अध्यक्ष रमाकान्त बरालले अध्यक्ष रमेश कोईरालाको जीवनी प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१