नवलपरासी । नारायणी नदीमा यस बर्षकै ठूलो बाढी आएको छ । नवलपरासीको त्रिवेणी गण्डक व्यारेजमा गरिएको जल मापनमा अहिले गण्डक व्यारेजमा नारायणी नदीको पानीको बहाव ४ लाख ३० हजार क्युसके पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेका अनुसार अहिले गण्डक ब्यारेजका ३६ वटा ढोका सबै खोलिएको छ ।
गण्डकमा पानीका बहाब ३ लाख क्युसेक नाघेपछि खतरा मानिन्छ । अहिले नदीको किनार आसपासका बस्ती तथा जमिन डुबान र कटानको खतरामा परेको स्थानीयले बताएका छन् ।
उक्त नदीसँग जोडिएको विनयी त्रिवेणी गाउँपालिका ६ र ७ को ठटिया खोलामा निर्माणधिन अवस्थामा रहेको बाँध फुट्न अवस्थामा पुगेको स्थानीयले प्रेम चन्द्र गुप्ताले बताए ।
त्यहाँ स्थानीय र सुरक्षाकर्मीले सिमेन्टको बोरामा माटो र बालुवा हालेर बाँध फुट्नबाट जोगाउने प्रयास गरिरहेका छन् ।
त्यसैगरी सुस्ता गाउँपालिका ४ नर्सही बि ग्याप ठोकर नम्बर ६, ९, १०, ११ र सुस्ता ५ को नेपाल बाँधको ठोकर नम्बर ३ र ४ मा पानीको बहाब अत्यधिक बढेको छ । जस्ले गर्दा ठोकरहरु फुट्ने खतरा बढेको छ ।
बाँध भत्किने खतरा रहेकोले यस भेगका रामनगर, पक्लिहवा, सक्कर दिनही लगायत दर्जनौं डुबानको खतरा भुआर्जन सम्पर्क कार्यालय बाल्मीकिनगरका अधिकृत (लाइजन) तारासिंह थापाले बताए ।
त्यसैगरी पश्चिम नवलपरासीको सरावल गाउँपालिका ५, ६ र ७ को रामपुर खडौना, मधवलिया, कुसौली, प्युटाहा, भुजहवा, गडौरी, कुर्थावल, प्रतापपुर ३ सोमनी, बर्गदवा, नन्दपुर, प्रतापपुर २ सेमरी, घोडाहा लगायतका ठाउँमा लगायतका हजारौं विगाहा धानबाली पानीको निकास नहुँदा डुबानमा परेको सवराल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए ।
त्यसैगरी सुस्ता गाउँपालिका ५ सुस्ता २ सय ६५ घर डुबानमा परेको स्थानीय बासिन्दा रविन्द्र जैसवालले बताए ।
यसैबीच पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी, प्रहरी नायव उपरीक्षक राजु लामा, भुआर्जन सम्पर्क कार्यालय बाल्मीकिनगरका अधिकृत (लाइजन) तारासिंह थापा लगायतले घटना स्थलको निरीक्षण गरेका छन् ।
राजु लामा, तारासिंह थापा, स्थलगत निरीक्षण गरेका छन् ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१