पहिरोले घर पुरिदा श्रीमान् श्रीमतीको मृत्यु

रामकुमार श्रेष्ठ
श्रावण ६, २०७७
pahiro nawalparasi

नवलपरासी, ६ साउन । लागातार बर्षाका कारण आएको पहिरोले पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नं २ डाँडाझेरीमा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ ।

पहिरोमा परी बुलिङटार गाउँपालिका वडा नं २ डाँडाझेरीका ६१ बर्षीय शेरबहादुर सार्की र उनकी श्रीमती ५७ बर्षीया खिलमाया नेपालीको मृत्यु भएको प्रहरी चौकी बुलिङटारले जनाएको छ ।

पहिरोले उनीहरुलाई घरसँगै पुरेको थियो । पुरिएका दुवैको मृत्यु भएको र दुवै जनाको शव पुरिएको स्थानबाट निकालिएको प्रहरी चौकी बुलिङटारले जनाएको छ ।

राति करिब तीन बजे तिर घर माथिबाट ठूलो पहिरो आएर घर सहित बुवाआमालाई पुरेको मृतकका छोरा धनविर नेपालीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width