पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २० पुगेको छ । सोमबार ३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या १ हजार ३ सय २० पुगेको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोरखाका ३ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गोरखाको भीमसेन थापाका २८ वर्षीय, शहीद लेखनका २५ वर्षीय र पालुङटारका २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गण्डकीका ११ जिल्लामा कुल संक्रमितमध्ये १ हजार २० जना निको भइ घर फर्केका छन् । यो कुल संक्रमितको ७७ प्रतिशत हुन आउँछ । संक्रमितमध्ये प्रदेशमा हालसम्म ४ जनाको मृत्यु भयो ।
कास्कीमा ९९ संक्रमितमध्ये ८० जना निको भएको जनाइएको छ।
प्रदेशमा सबैभन्दा बढी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा रहेका छन् । त्यहाँ हालसम्म २ सय ९८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । त्यसमध्ये १ सय ५७ जना निको भए ।
त्यसपछि दोस्रो उच्च संक्रमित रहेको बागलुङमा २ सय २३ जना छन् । त्यहाँका २ सय २३ मध्ये २ सय ३ जना निको भइ डिस्चार्ज भए ।
तेस्रो उच्च संक्रमित रहेको जिल्ला हो–स्याङ्जा । स्याङ्जामा कुल १ सय ९४ संक्रमितमध्ये १ सय ८२ निको भए ।
यसैगरी, देशभर सोमबार १ सय ६८ जनामा कोभिड–१९ पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा १ सय ८६ जनामा कोभिड–१९ पुष्टि भएको हो ।
संक्रमितमध्ये ११ हजार ८ सय ६८ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । २४ घण्टामा १ सय ७३ जना डिस्चार्ज भए ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१