गण्डकीमा थप १२ संक्रमित

आदर्श समाज सम्वाददाता
श्रावण ४, २०७७
covid 19 corona banner

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२९० पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणबाट थप १२ जनामो कोरोना पुष्टि भएको हो ।

पर्बत, बाग्लुङ र स्याङजाका २÷२ जना र म्याग्दीमा ६ जनामा संक्रमण देखिएको हो । संक्रमितहरु सबै पुरुष छन् । म्याग्दीका बाहेक संक्रमितहरुलाई आईसोलेसनमा राखिएको गण्डकी स्वास्थ्य निर्देशनालयले बताएको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ९३८ जना निको भएर घर फर्किएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width