नवलपरासीमा बदेलकाे आक्रमणमा परी ३ जना गम्भीर घाइते

आदर्श समाज सम्वाददाता
असार ३०, २०७७
442117_preview

नवलपुर, ३० असार । पूर्वी नवलपरासीको गैडाकोटमा बदेलकाे आक्रमणमा परी ३ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार गैडाकोट नगरपालिका १२ सिख्रौली स्थित नारायणी नदी किनारमा रहेको खेतको पानी कटाउने क्रममा ३ जनालाई जंगली बदेलले एक्कासी आक्रमण गरेको हो ।

आक्रमणमा परी गैडाकोट नगरपालिका १२ निवासी ३७ बर्षीय राजु बस्नेत, ३० बर्षीय पूर्णबहादुर श्रेष्ठ र १७ बर्षीय सिर्जना परियार घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको र जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । उनीहरुको हात, खुट्टा र ढाडमा चोट लागेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width