नौ लाख घुस सहित डिभिजन प्रमुख पक्राउ

एजेन्सी
असार ३०, २०७७
Commission-for-the-Investigation-of-Abuse-of-Authority-CIAA

खोटाङ, ३० असार । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका डिभिजन प्रमुख नारायण काजी श्रेष्ठ ९ लाख ३४ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित बेसक्याम्पभित्र रहेको निवासबाट ९ लाख ३४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा श्रेष्ठलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले निर्माणाधीन सिँचाइ परियोजनाको बिल भुक्तानीका क्रममा उनले सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा गएको टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शेरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width