म्याग्दी ,२७ असार । म्याग्दीमा पहिरोमा परेर हराइरहेका मध्य १९ जनाको शव भेटिएको छ । शुक्रबार गएको पहिरोमा परेर बेपत्ता मध्य १९ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
पहिरोमा परेर घाइते भएका १२ जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । घटना स्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँवरका अनुसार नेपाली सेनाको हेलिकप्टर मार्फत घाइतेहरुको उद्धार गरिएको हो । अहिलेसम्म पहिरोबाट प्रभावित ८५० जनालाई सुरक्षित स्थानमा सारिएको छ । अहिलेसम्म पहिरो र बाढीमा परेर ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । घाइतेहरुको बेनी अस्पताल र पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
हराइरहेकाहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । विहिबार रातीदेखी अविरल बर्षाका कारण शुक्रबार बस्ती माथिबाट खसेको पहिरोमा परेर धवलागिरी गाउँपालिका –६ मराङ्गमा २१ जना र मालिका गाउँपालिका–७ बिममा ९ जना बेपत्ता भएका थिए । भने मालिका गाउँपालिका– ६ स्थित दुखु खोलाले बगाएर एक महिला बेपत्ता भएकी छन् । भने जिल्लाको रघुगंगा गाउँपालिका–६ का एक पुरुषलाई बाढीले बगाएर मृत्यु भएको थियो ।
परोपकारी संस्था ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्य र जिसी ग्रुपका सञ्चालक तथा युवा व्यवसायी नारायण जिसीको पहलमा निजी खर्चमा प्रभुको हेलिकप्टर मार्फत महिलालाई उद्धार गरीएको हो । पहिरोमा परी गम्भिर घाइते भएकी महिला घटनास्थलमा छटपटाइरहेको खबर आएपछि आफूहरुले निजी खर्चमा उद्धार गरिएको ओमकुमारी शान्तिकोषका अध्यक्ष शाक्यले बताए ।घाइते महिलाको स्वास्थ्य अवस्था नाजुक हुँदै जान थालेको र तत्काल उपचारका लागि हेलीकप्टरको आवश्यकता भएको जानकारी आएपछि प्रभुको हेलिकप्टर मार्फत उद्धार गरिएको जिसीले बताए ।
उद्धार गरिएकाहरुमा ६ महिनाको गर्भवति महिला २२ वर्षीय मञ्जीला सिरपाली र उहाँको ८ वर्षीय छोरा सफल सिरपाली रहेका छन् । गर्भवती महिलाको अवस्था गम्भिर भएकाले बेनी अस्पतालले पोखरा रिफर गरेको छ । छोराको अवस्था भने समान्य रहेको अस्पतालले जनाएको छ । भिरालो जमिन,भुमिगत पानी तथा कमजोर भुगोलका कारण पहिरो गएको स्थानीयको भनाइ छ । स्थानीय ,प्रहरी ,जनप्रतिनिधि तथा युवा क्लबको टोली पहिरो प्रभावित क्षेत्रमा उद्धार राहत व्यवस्थापनमा खटिएका छन् । पहिरोमा परेर हराइरहेका र घाइतेको उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ ।
Related News
सम्बन्धित समाचार
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
सिनेमा संवाद @ घान्द्रुक
सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
नरोऊ मायालु…
hero news full width
मुख्य समाचार
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
माघ १२, २०७७पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
माघ १२, २०७७भाडाका घरमा गाउँका ‘सिंहदरबार’
माघ १२, २०७७गण्डकीमा आयो कोरोना खोप
माघ १२, २०७७नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
माघ ११, २०७७