पोखरामा पहिरोः ४ जनाको मृत्यु, ६ घाइते

आदर्श समाज सम्वाददाता
असार २६, २०७७
Add Watermark20200710093948 (3)

पोखरा, २६ असार । अविरल वर्षापछि आएको पहिरोमा परी पोखराको सराङ्कोट र हेमजामा ४ जनाको मृत्यु भएको छ। घटनामा ६ जना घाइते छन्।

पोखरा महानगरपालिका वडा १८, सराङ्कोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा पर्दा ३ जनाको मृत्यु भएको हो । सो घटनामा ६ जना घाइते भएका हुन् । घाइतेमध्ये ४ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारार्थ लगिएको छ भने बाँकी २ जना सामान्य घाइतेलाई उद्धार गरी अस्पताल लगिँदै छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार पहिरोमा परी ज्यान गुमाएकाहरुको पहिचान खुल्न बाँकी छ । घरमाथिको सडक भत्किँदै आएको पहिरोले टंकबहादुरको घर बगाएको हो।

पहिरोपछि स्थानीय र प्रहरीको संक्रियातामा घाइतेहरुलाई अस्पताल पुर्याएको छ । गएराति उनको घरमा बर्थ डे मनाउन छिमेकी तथा इष्टमित्र समेत आएकोले थप मानिस पनि पहिरोमा परेका हुन सक्ने प्रहरीको अनुमान छ।

अन्य हराइरहेको आशंकामा प्रहरीले खोजीकार्य जारी राखेको छ । त्यसैगरी, पोखरा महानगरपालिका वडा २५, हेमजामा पनि पहिरोमा परी एक वृद्धाले ज्यान गुमाएकी छन् । गएराति साढे २ बजेतिर घर पछाडिबाट पहिरो आउँदा ७० वर्षीया हिमकला अधिकारीको मृत्यु भएको प्रहरीले जनायो।

Related News

सम्बन्धित समाचार

hero news full width