बाह्रबिसे पहिरो अपडेट-दुईको मृत्यु १४ बेपत्ता

एजेन्सी
असार २५, २०७७
1594261415DevrajSubedi_Malemchi_RSS_25_a

काठमाडौं, २५ असार । सिन्धुपाल्चोकको बाह्रविसेको जम्बु बजारमा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २३ वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी छन् । प्रदेश नं. ३ प्रहरी प्रमुख डीआईजी वसन्त लामाका अनुसार उनीहरुको शवलाई शल्य परीक्षणका लागि पठाउने तयारी भइरहेको छ । वाढीबाट तीन जना घाइतेलाई उद्दार गरिएको लामाले बताए ।

हेलिकोप्टरमार्फत उनीहरुलाई उपचारका लागि सदरमुकाम ल्याउने काम भइहरको छ । घटनामा अझै १४ जना बेपत्ता छन् । बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध छ ।अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width