थप २५५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६४२३ पुग्यो

एजेन्सी
असार २४, २०७७

काठमाण्डौ, २४ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २५५ जनाको आरटीपीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २५३ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ७ हजार ७५२ पुगेको छ।प्रवक्ता गौतमका अनुसार अहिले् देशभरका क्वारेन्टिमा २५ हजार ४० जना रहेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width