काठमाडौं, २३ असार । समाजवादी पार्टीको कार्यदलले सांसद तथा पार्टीकी नेतृ सरिता गिरीलाई कारबाही गर्न सिफारिस गरेको छ । त्यसअनुसार पार्टीले निर्णय गरेमा गिरीको सांसद पद कायम रहने छैन ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उनले नेपालको दावी नपुग्ने भन्ने आशयको संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।
पार्टीले उक्त प्रस्ताव फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले मानिनन् र नक्सासम्बन्धी संविधान संशोधनको प्रस्ताव पारित हुने दिन संसदमा अनुपस्थित भइन् । गिरीको गतिविधिबारे छानविन गर्न समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले उनलाई कारबाही गर्न सिफारिस गरेको स्रोतले बतायो । यसबारे अहिले पार्टीको पदाधिकारी बैठकमा छलफल भएको छ ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१