पोखराको जिरोमा मोटरसाइकलको ठक्करबाट बिकको मृत्यु

आदर्श समाज सम्वाददाता
असार २२, २०७७
accident

पोखरा, २२ असार । पोखरा–५ जिरो कलोमीटमा आइतबार राति लु ५९ प ८७८१ नंम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री एक महिलाको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते पोखरा– ५ जिरो किलोमीटर निवासी ५१ वर्षीया रुपा सिंह बिकको पोखराको सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचारकै क्रममा आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उक्त मोटरसाईकल चालक पोखरा–५ निवासी १९ वर्षीय नारायण प्रसाद आचार्य समेत घाइते भएका छन् । उनको पोखराकै रिजन अस्पताल उपचार भईरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width