इरानी आणविक ऊर्जा केन्द्रका प्रवक्ताले उक्त दुर्घटना निकै अर्थपूर्ण भएको जनाउँदै यसबाट युरेनियम प्रशोधनमा प्रयोग हुने उपकरणको उत्पादनमा केही ढिलाई हुन सक्ने बताए
मध्य इरानको नतान्जस्थित आणविक प्रशोधन केन्द्रको एक घरमा बिहीबार आगलागी भएको थियो। उक्त घटना निकै भयानक रहे पनि कोही पनि व्यक्ति घाइते भएको वा रेडियोधर्मी विकिरण नचुहिएको प्रवक्ताले बताएका छन्।
सुरक्षा अधिकारीहरुले उक्त घटनालाई दुर्घटनाका रुपमा व्याख्या गरेका छन्। तर उक्त घटना हुनुको मुख्य कारण बारे केही बताइएको छैन।इरानी समाचार संस्था इर्नामा प्रकाशित एक अन्तर्वार्तामा इरानी आणविक ऊर्जा संस्थाका प्रवक्ता बेहरोज कमालवन्दीले उक्त दुर्घटनाका कारण कोही व्यक्ति पीडित नभएका तर आर्थिक रुपमा निकै ठूलो क्षति भएको बताएका छन्।उनले यस दुर्घटनाका कारण उन्नत सेन्ट्रिफ्युजको विकास र उत्पादनमा केही ढिलाई हुने बताए। नन्ताज इरानको मुख्य आणविक प्रशोधन केन्द्र रहेको स्थान हो।टेलिभिजन फुटेजमा भने आगलागीका कारण सामान्य क्षति भएको देखाएको छ। तर यसअघि सार्वजनिक गरिएका तस्वीरहरुमा भने भवनमा निकै ठूलो क्षति भएको देखिएको छ।
तेहरानले गत वर्ष मे महिनामा आणविक ऊर्जा कार्यक्रमसँग जोडिएका केही कार्यक्रम पुनः शुरु गरिने घोषणा गरेको थियो।सन् २०१५ को एक सम्झौता बमोजिम इरानी आणविक कार्यक्रम स्थगित गरिए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको सम्झौता अस्वीकार गरेर इरानमाथि नाकाबन्दी गरेपछि इरानले आणविक कार्यक्रम पुनः शुरु गर्ने चेतावनी दिएको थियो।इरानले गत वर्ष सेप्टेम्बरमा युरेनियम प्रशोधन पुनः शुरु गरेको थियो। तेहरानले यो कार्यक्रम ऊर्जासँग सम्बन्धित रहेको र यसलाई सैनिक प्रयोजनमा उपयोग नगरिने बताउँदै आएको छ।
Related News
सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा २ युवकको मृत्यु
गिभिनाकी आमाको सडक दुर्घटनामा मृत्यु, भाइले गरे आत्महत्या
बन्दीपुरमा बस ठोक्किँदा बसचालकको मृत्यु, २९ घाइते
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
भ्रमणको बस दुर्घटना
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१