नेकपा अध्यक्ष प्रचण्ड, नेपाल र खनाल राष्ट्रपति निवासमा

Avatar एजेन्सी
असार २१, २०७७
President-Building-22072017034440-1000×0-26072017011649-1000×0

काठमाण्डौ, २१ असार । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेताहरू माधव नेपाल र झलनाथ खनाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवासमा पुगेका छन्।

स्रोतका अनुसार तीन नेता आइतबार बिहान ११ बजेतिर शितल निवास पुगेका हुन्। नेकपाभित्रको विवाद चर्किँदै गएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेका नेताहरू राष्ट्रपति भण्डारीलाई भेट्न गएका हुन्।

यसअघि शनिबार साँझ प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग सवा घन्टा छलफल गरेका थिए । राष्ट्रपतिसँग छलफल गरेर फर्किएपछि बालुवाटारमा उनले मन्त्री र राज्यमन्त्रीहरूसँग राष्ट्रपतिमाथि महाअभियोग लगाउने षडयन्त्र भइरहेको बताएका थिए।प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि सोही विषयमा स्पष्ट पार्न प्रचण्डसहितका नेताहरू आज शितल निवास गएको बुझिएको छ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads