ओली र दाहालबीचकाे विवाद मिलाउने प्रयासमा पार्टीका शीर्षनेता

एजेन्सी
असार १९, २०७७
thumb

काठमाण्डौ, १९ असार । नेकपा भित्र बिवाद चुलिएको छ । केपी शर्मा ओलीको अध्यक्ष र प्रधानमन्त्री दुबै पदको राजीनामा माग उठेका छन् ।विवाद चर्किंदै गएपछि पार्टीका शीर्ष नेताहरुबीच सहमति जुटाउने प्रयास सुरु भएको छ ।

बिहीबार अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल गराउने प्रयास भइरहेको छ । नेकपाका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्माले अध्यक्षद्वयबीच छलफल गराउन लागेका हुन्।

तत्कालीन नेकपा–एमाले र माओवादी केन्द्रबीच एकता गर्दा पनि महत्वपूर्ण भूमिका खेलेका पौडेल र शर्मा शुक्रबार बिहानैदेखि सक्रिय भएका हुन् । स्रोतका अनुसार केहीबेरपछि ओली प्रचण्डबीच भेट हुँदैछ । स्थानबारेमा टुंगो लागेको छैन ।

यसैबीच आज शुक्रबार बिहानैदेखि ओली, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दोस्रो र तेस्रो तहका नेताहरु पनि आगामी रणनीति तय गर्न आन्तरिक बैठकमा व्यस्त रहेको बताइएको छ । दुई अध्यक्षको बिवादकै कारण विहीबार स्थायी समिति बैठक राम्रोसँग सञ्चालन नै नभई स्थगित भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width