पूर्व मेयर गुरुङको स्मृतिमा राहत वितरण

आदर्श समाज सम्वाददाता
असार १८, २०७७
20200703_082445

पोखरा, १८ असार । पोखरा महानगरपालिकाका पूर्व नगर प्रमुख शहिद हर्कबहादुर गुरुङको १६ औं वार्षिक पुण्य स्मृतिमा राहत सामाग्री वितरण गरिएको छ ।

स्व. गुरुङको स्मृतिमा विहीवार विहान दीप प्रज्वलन कार्यक्रम सहित विपन्न परिवारका ३१ जनालाई राहत प्रदान गरिएको हो । वाह्रविसे पैकी लामा परिवार पोखराद्वारा स्थापित स्व. हर्क गुरुङ स्मृति अक्षय कोषबाट उच्च सहयोग भएको सचिव बुद्धिबहादुर गुरुङले जानकारी दिए ।

कार्यक्रम अध्यक्ष नासु कुलबहादुर गुरुङको अध्यक्षतामा भएको थियो । पोखरा महानगरपालिकाका प्रमुख गुरुङलाई २०६१ असार १८ गते माओवादी कार्यकर्ताले गोली प्रहार गरी हत्या गरेका थिए । स्व. गुरुङलाई सरकारले शहिद घोषणा गरेकाे थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै