पोखरा । यस सिजनको जर्मन बुनडेसलिगा फुटबल सकिएको छ ।
जर्मनीको शीर्ष लिग फुटबलको अन्तिम खेलमा लिग लिडर बायर्न म्युनिखले घरेलु टोली वुल्भ्सबर्गमाथि ४–० को सहज जित निकाल्दै यस सिजनको बुन्डेसलिगाको सुखद अन्त्य गरेको छ ।
बार्यनको जितमा किङ््स्ले कोमन, मिकेल कुइसेन्स, रोबेर्ट लेवान्डोस्की र थोमस मुलरले गोल १/१ गोल गरे । खेलको चौथो मिनेटमै कोमनको गोलबाट अग्रता लिएको बायर्नका लागि ३७ औं मिनेटमा कुइसेन्सले गोल गरे । पहिलो हाफमा २ गोलले अघि रहेको बायर्नका लागि दोस्रो हाफमा लेवान्डोस्कीले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै अर्को गोल थपे । त्यस्तै थोमस मुलरले ७९ मिनेटमा अर्को गोल थप्दा बायर्नले सिजनको अन्तिम खेलमा ४–० को सहज जित निकाल्यो ।
जितसँगै बायर्न म्युनिख यस सिजनको बुन्डेसलिगाको च्याम्पियन समेत बन्यो । बायर्नले यो सँगै लगातार आठौं पटक बुन्डेसलिगा उपाधि उचालेको हो । बायर्नको यो कीर्तिमानी ३० औं बुन्डेसलिगा उपाधि समेत हो । उपाधि जित्ने क्रममा बायर्नले यस सिजन ३४ खेलबाट ८२ अंक जोड्यो । बायर्नले यस सिजन २६ जित, ४ बराबरी र ४ खेलमा पराजित बन्यो । बायर्नले विपक्षी टिमबिरुद्ध कुल १०० गोल समेत ग¥यो ।
कोरोना महामारी पछि सुरु भएको पहिलो युरोपियन शीर्ष लिगमा बायर्न च्याम्पियन बन्दा डर्टमण्ड ६९ अंकसहित दोस्रो र लाइपजिग ६६ अंकसहित तेस्रो स्थानमा रहे । यस सिजन बायर्न दोस्रो स्थानको बोरुसिया डर्टमण्ड भन्दा १३ अंकले अघि रह्यो । वोल्फ्सबर्ग ४९ अंक जोडेर सातौं स्थानमा रह्यो ।
बायर्नसँगै, डर्टमन्ड, लाइपजिग, मोन्चेलग्लाडब्याच च्याम्पियन्स लिगका लागि छनोट भएका छन् । बायर लिभरकुसन र हफिन हेइम युरोपा लिगका लागि छनोट भएका छन् । वुल्भ्सबर्गले युरोपा लिगका लागि छनोट खेल खेल्नु पर्नेछ । त्यस्तै, बुन्डेसलिगाका लागि डुसेल्डर्फ र पेडरवर्न रेलिगेट हुँदा बेर्मेनले भने बुनडेसलिगामै कायम रहन छनोटका खेल खेल्नुपर्नेछ ।
हाइस्कोरर रोबर्ट लेबान्डोस्की यस सिजनको बुनडेसलिगाको सर्वाधिक गोल कर्ता बनेका छन् । लेबान्डोस्कीले यस सिजनको बुन्डेसलिगामा सर्वाधिक ३४ गोल गरे । त्यस्तै, लेइप्जिगका टिमो वार्नरले २८ गोल गरे । डर्टमन्डका जाडोन सान्चोले १७ गोल गरे । उल्भ्सबर्गका वाउट वेगहर्सटले १६ गोल गरे ।
यस सिजनको बुनडेसलिगामा बायर्नका थोमस मुलरले सर्वाधिक २१ गोलमा एसिस्ट गरे । त्यस्तै, डर्टमनडका जाडोन सान्चोले १६ गोलमा एसिस्ट गरे । थोर्गान हाजार्ड र क्रिस्टोफर कोन्कुले समान १३/१३ गोलमा एसिस्ट गरे । फिलिप कोस्टिकले ११गोलमा एसिस्ट गरे ।
Related News
सम्बन्धित समाचार
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता
हिसानको फुटसल सुरु
अली मियाँ फुटबल जारी
आहा रारामा ११ टिम टुंगो
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१