बागलुङ, १६ असार । गलकोट नगरपालिका र बागलुङ नगरपालिका–९ मा बृहत् खानेपानी आयोजना शुरुआत भएको छ । ‘एक घर, एक धारा’ को लक्ष्यसहित आयोजनाको काम अगाडि बढाइएको हो ।
‘गलकोट बृहत् खानेपानी आयोजना’को बागलुङ–२ का सांसद देवेन्द्र पौडेलले आइतबार ‘भर्चुअल’ माध्यमबाट आयोजनाको शिलान्यास गरेका थिए । बागलुङ नगरपालिका–९ को ‘तित्याङ–ढुलाढुङ्गा–नुवारा बहृत खानेपानी आयोजना’मा पनि केही दिनअघि काम थालिएको छ ।
खानेपानी मन्त्रालय अन्तर्गत बन्न लागेका दुवै आयोजना बहुवर्षीय हुन् । गलकोटको लागत रु। १५ करोड र तित्याङको सात करोड छ । दुवै आयोजनाको सर्वे सकेर उपभोक्ता समिति निर्माणतिर लागेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका सिनियर इन्जिनियर शेखरचन्द्र केसीले बताए । गलकोटको आयोजनाबाट वडा नं। ३, ५ र ७ का झण्डै १२ सय घरधुरीले लाभ लिने उहाँको भनाइ छ । “यो आयोजनामा ११ साना ‘स्किम’ छन्, वडा नं। ७ मल्मको एउटा ‘स्किम’बाट काम शुरु भएको छ”, उनले भने ।
सो आयोजनाको ‘ट्रान्समिसन पाइपलाइन’ १७ किमि र वितरण ‘पाइपलाइन’ ३२ किमि छ । यस्तै १० देखि १५० घनमिटरसम्मका ट्याङ्की, इन्टेकलगायतका संरचना बन्ने आयोजना कार्यालयले जनाएको छ । गलकोट नगरपालिका–७ का अध्यक्ष टीकाबहादुर थापाले आयोजना बनेपछि मल्मसहित वडा नं। ३ हटिया र ५ हरिचौरमा खानेपानीको सहज सुविधा पुग्ने बताए । मल्म, ढुङ्गेखानीस्थित खानेपानीको पुरानै मुहानबाट नयाँ आयोजना विस्तारको काम शुरु भएको उनको भनाई छ ।
‘तित्याङ–ढुलाढुङ्गा–नुवारा बहृत् खानेपानी आयोजना’बाट ५७२ घरधुरीका करिब ३८ सय जना लाभान्वित हुने भएका छन् । सो आयोजनामा पनि १० देखि ५० घनमिटरसम्मका ट्याङ्की निर्माण हुने उपभोक्ता समितिले जनाएको छ । आयोजनाको ‘ट्रान्समिसन पाइपलाइन’ ७ किमि र वितरण ‘पाइपलाइन’ १७ किमि छ । दुवै आयोजना आगामी तीन वर्षभित्र सक्ने लक्ष्य रहेको सिनियर इन्जिनियर केसीले बताए । आगामी आवमा गलकोटको आयोजनाका लागि रु। ५० लाख र तित्याङको लागि रु। ३० लाख बजेट छुट्टिएको छ ।
काम नसकुञ्जेल क्रमागत रुपमा बजेट आउने आयोजना कार्यालयले जनाएको छ । बागलुङ नगरपालिका–९ का अध्यक्ष गणेश थापामगरले स्रोत भएर पनि समयमा आयोजना नबन्दा खानेपानीको समस्या निम्तने गरेको बताए । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगरभित्रका सबै घरमा धारा निर्माण गर्न सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा काम भइरहेको बताए । उनले शुरु भएका आयोजनालाई अलपत्र पर्न नदिइने उल्लेख गरे । सांसद देवेन्द्र पौडेलले घरघरै खानेपानीको सहज पहुँच विस्तार गर्ने सरकारी नीति रहेको जानकारी दिए ।“अहिले बन्न लागेका आयोजना पनि ‘एक घर, एक धारा’ अभियान अन्तर्गतकै हुन् उनले भने ।
खानेपानी मन्त्रालयको लगानीमा जिल्लामा २० आयोजना सञ्चालित छन् । तीमध्ये १५ वटा क्रमागत र पाँच नयाँ आयोजना हुन् । ती आयोजनाका लागि आगामी आवमा ३३ करोड २६ लाखभन्दा बढी बजेट छुट्टिएको छ । प्रदेश सरकार र स्थानीय तहको लगानीमासमेत कैँयन खानेपानी आयोजना निर्माणाधीन छन् । प्रदेश सरकारले पनि आगामी दुई वर्षभित्रमा गण्डकीका सबै घुरधुरीमा आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएको छ ।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१