दादुरा-रुवेला विरुद्ध खोप निरन्तर

रासस
असार १३, २०७७
20200309_vac-xin-soi-quai-bi-rubella-03

काठमाडौँ, १३ असार । काठमाडौँ महानगरपालिकाले महानगरका बालबालिकालाई बिहीबारदेखि दादुरा रुवेलाविरुद्धको खोप लगाउँदै आएको छ । जिल्लाभरका नौ महिनादेखि पाँच वर्ष उमेरसमूहका बालबालिकालाई विशेषरुपमा खोपको व्यवस्था गरिएको हो ।

गत वैशाख महिनामा नै लगाउनुपर्ने उक्त खोप कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको थियो । विशेष सावधानी अपनाएर बिहीबारदेखि बालबालिकालाई दादुरा रुवेलाविरुद्ध खोपको व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ । आफूलाई सहज हुने स्वास्थ्य केन्द्र र वडा कार्यलयबाट यो खोप सेवा लिन सकिने कामपा–८ का सदस्य इन्दिरा भण्डारीले जानकारी लिए ।

उनका अनुसार खोप लगाउन बिहीबार र शुक्रबारको समय निर्धारण गरिएकामा ती दिन छुटेकाहरुलाई सम्बन्धित वडा कार्यालयबाट शनिबार पनि लगाउने व्यवस्था गरिएको छ । “मुलुकमा बढ्दै गएको कोरोना भाइरस सङ्क्रमणबाट आफू र बालबालिकालाई जोगाउन हरेक परिवारमा अर्को जिम्मेवारी थपिएको छ”, सचेतना एवं सावधानी अपनाउँदै आफ्ना सन्तानलाई खोप लगाउन महिला सदस्य भण्डारी आग्रह गर्छन । देशका अन्य स्थानीय तहले बन्दाबन्दी हुनुपूर्वनै बालबालिकालाई यो खोप दिएको भएपनि कामपाले भने अहिले शुरु गरेको हो ।

‘नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरा–रुवेला रोग निवारण गर्ने अभियान लिइसकेको छ । मुलुकमा सन् २००४ देखि शुरु भएको यस अभियान सन् २०२० सम्म आइपुग्दा पाँचौँ कार्यक्रम हो । नियमितरूपमा लगाइने खोप लामो समयसम्म रोक्दा भविष्यमा यसले ठूलो स्वास्थ्य दुर्घटना निम्त्याउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई हप्ताअघि नै आधारभूतरूपमा लगाइने खोपहरू सामाजिक दूरी कायम गर्दै निरन्तरता दिन आग्रह गरेपछि पछिल्लो समय खोप सेवा शुरु भएको छ ।

Related News

सम्बन्धित समाचार

  • अन्नपूर्ण गापाले सार्वजनिक गर्‍ यो वर्षभरीका उपलब्धि

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा, ६ जेठ ।अन्नपूर्ण गाउँपालिकाले पछिल्लो १ वर्षमा गरेका कार्य समेटेर छापिएको पुस्तक ‘अन्नपूर्ण दर्पण भाग २’ आइतवार सार्वजनिक गरेको…
  • पोउवा संघमा इलामका व्यवसायी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुहरूको बजारीकरणका निम्ति सहकार्य गर्ने सहमति जुटेको छ…
  • विपद् व्यवस्थापनबारे अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाको आयोजनामा विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ । अभिमुखीकरणमा वडाका टोल विकास संस्था,…
  • नव सिद्धार्थ महिला सहकारीको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा ८ बगालेटोलस्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ६२ युनिट रगत संकलन…
  • ‘महिलाहरू आर्थिकरुपमा मजबुुत हुनुपर्छ ’

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा उपमेयर मञ्जुुदेवी गुुरुङले महिलाहरू आर्थिकरुपमा मजबुुत हुनपर्ने बताएकी छन् । पोखरा १५ ले आयोजना गरेको कृष्टल माला,…

hero news full width