गण्डकीमा काेराेना संक्रमित ५५ वर्षे पुरूषकाे निधन

आदर्श समाज सम्वाददाता
असार ११, २०७७
covid 19 corona banner

पाेखरा, ११ असार । काेराेना भाइरस संक्रमितकाे पाेखरामा उपचारक्रममा मृत्यु भएकाे छ ।

पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाे आइसियूमा उपचाररत उपचाररत स्याङ्जा सिरुबारीका ५५ वर्षीय पुरुषकाे बुधबार राति ११ बजेर ३५ मिनेटमा निधन भएकाे अस्पतालले विज्ञप्तिमार्फत पुष्टि गरेकाे हाे ।

संक्रमित ती व्यक्ति उपचारकाे लागि असार ८ मा अस्पतालकाे आईसियू कक्षमा भर्ना भएका थिए ।

उनी काेभिड १९ सहित निमाेनिया र मधुमेह राेगबाट समेत ग्रस्त रहेकाेले पछि भेन्टिलेटरमा राखी उपचार भैरहेकाेमा निधन भएकाे अस्पतालका निर्देशक सह प्राध्यापक डा अर्जुन आचार्यले जनाएका छन् ।

यसअघि काेराेनाबाट स्याङ्जा वालिङ ३ का ५८ वर्षे पुरुषकाे निधन भइसकेकाे छ । उनकाे जेठ २३ मा पाेखरामै उपचार क्रममा निधन भएकाे हाे ।

गण्डकीमा कुल ७ सय ५३ जना संक्रमित भएका छन् । बिहीबारमा थप ११ जनामा काेराेना पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ।

Related News

सम्बन्धित समाचार

hero news full width