कुवेतबाट फर्केका पोखराका ७ महिला क्वारेन्टिनमा

आदर्श समाज सम्वाददाता
असार ४, २०७७
6

पोखरा ४, असार । तेस्रो मुलुकबाट कास्की फर्किएका महिलालाई पोखरा ३, नदीपुरस्थित बुद्ध हस्पिटलको क्वारेन्टाइनमा राख्न सुरु भएको छ । यो जिल्लाकै पहिलो महिला क्वारेन्टाइन हो ।

कुवेतबाट नेपाल फर्किएका ७ जना महिलालाई बिहीबारदेखि त्यहाँ व्यवस्थापन गरिएको पोखरा महानगर उपमेयर मञ्जुदेवी गुरुङले बताइन्।

नेपाल सरकारले कुवेतमा रोजगार गुमाएर अलपत्र परेका १ सय ५० जनालाई उद्धार गरी  हवाईमार्ग हुँदै बुधबार काठमाडौं उतारेको थियो । तीमध्ये पोखराका विभिन्न वडाका ७ महिलाहरु काठमाडौंदेखि माइक्रोमा पोखरा आएका हुन्। उनीहरु कुवेतमा रहँदा पनि एकै ठाउँमा बस्दै आएको बताइएको छ ।

कुवेतमा पनि २ महिना जति उनीहरु होम क्वारेन्टाइनमा बसेका थिए । काठमाडौंपछि नेपाली सेनाले स्कटीङ गर्दा पनि आफूहरु पोखराको दूरी ५ घण्टा भएपनि १२ घण्टाभन्दा बढी लागेको उनीहरुको गुनासो छ ।

पहिला बृद्ध हस्पिटलमा महानगरले क्वारेन्टाइन बनाउन खोज्दा स्थानियले विरोध गरेका थिए । हस्पिटलमा ५० जना राख्न सक्ने क्षमता छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित २० जना राख्न सकिने गरी आवश्यक ब्यवस्था मिलाइएको उपमेयर गुरुङले बताइन्। आफूहरुको स्वाब कलेक्सन गरी समयमै पिसिआर परिक्षण गर्न उनीहरुले माग गरेका छन्।

त्यसैगरी, थाइल्याण्डबाट काठमाडौैंहँुदै विहीबार ४ जना युवा पोखरा आएका छन्। होटल म्यानेजमेन्ट कोर्षको इन्टर्नसीप थाइल्याण्ड पुगेका उनीहरु कुवेतबाट आएका महिलासँगै नेपाली सेनाले उनीहरुलाई समेत स्कटिङ गराएर यहाँ ल्याएको हो ।

कास्कीमा हालसम्म ६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १ निको भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width