घर घरमा हरियाली सवै कार्यालयमा फुलवारी

भीमपाणि बराल
असार ४, २०७७
khana pani 4

लेखनाथ,४ जेष्ठ । लेखनाथ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले घर घरमा हरियाली सवै कार्यालयमा फुलवारीको अभियानलाई अगाडी सारेको छ।

संस्थाको १९ औं स्थापना दिवसको अवसर पारेर सवै प्रकारका कार्यालयहरुमा अनिवार्य रुपमा फुलवारीको ब्यवस्था गरि हरियाली वनाउनु पर्ने सुझाव सहित कार्ययोजनालाई अगाडी वढाएको हो।

स्थापना दिवस कै अवसर पारेर संस्थाले विहिवार आफना मातहतका कार्यालय परिसरमा फुलवारी बगौचा निर्माण गरि विरुवा लगाएको हो भने संस्थाको केन्द्रिय कार्यालय खुदीमा पानीको फोहोरा निर्माण स्थलको शिलन्यास गरिएको छ।

संस्थाका अध्यक्ष विष्णु बरालले शिलन्यास गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष हरिप्रसाद लामिछाने, सचिव मुरारी शर्मा, कोषाध्यक्ष रक्षा भटराई र क्षेत्रिय संयोजक बासुदेव लामिछाने लगाएतले सवैको साथ र सहयोगले संस्थाले उपभोक्तालाई शुद्ध र सफा पानी खुवाउन सफल भएको विचार राखेका थिए।

संस्थाको १९ औं स्थापना दिवस कै अवसरमा भवानीकालिका मावि परिसरको बोरिङ,लप्सीडाँडा पानी टंकी,बेगनास सहलगानी कार्यालय,पिपलसारे सहलगानी कार्यालय, अर्चले ठुली पोखरी र डाडाकोनाक पानी टंकी कार्यालय परिसरमा फुलका विरुवा लगाउने काम भएको छ।

Related News

सम्बन्धित समाचार

  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…
  • पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पुम्दीकोट कोट विकास समितिको आयोजनामा आगामी ९ देखि १५ फागुनसम्म पोखरा–२२, पुम्दीकोटमा शिव महापुराण ज्ञानमहायज्ञ एवं पुम्दीकोट धार्मिक…
  • मुल्मीको एकल चित्रकला प्रदर्शनी

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । वरिष्ठ कलाकार राधेश्याम मुल्मीका चित्र कलाकृतिको प्रदर्शनी सम्पन्न भएको छ । पोखरेली युवा साँस्कृतिक परिवारको कला विभागको आयोजनामा…
  • कालिका माविको ४२ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । पोखरा ३३, आँपुभन्ज्याङस्थित कालिका माविको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भयो । सो अवसरमा निवर्तमान…
  • सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । पोखरा वडा नम्बर ३२ का जनप्रतिनिधिहरु आफूमाथि आक्रमण भएको भन्दै सुरक्षाका लागि प्रहरीमा पुगेका छन् । वडाध्यक्ष अक्कलबहादुर…

hero news full width