पोखरा ३ असार । पोखरा महानगरपालिकाले लकडाउनको अवधिमा सुत्केरी भएका ६ सय ८० जनालाई पौष्टिक आहार वितरण गरेको छ ।
कोरोना संक्रमणका कारण लकडाउन भएपछि सुत्केरी महिलाहरु माइतीघर जान नपाउने र आफना आफन्त समेत भेट आउन नपाउने भएकाले अभिभाबकीय जिम्मेवारी निर्वाह गदै महानगरले लकडाउनमा सुत्केरी भएका महिलाहरुलाई एक किलो घिउ, एक किलो हरलिक्स, एक लिटर तेल, एउटा साबुन र नगद पाँच सय रुपैयाँ उपलब्ध गराएको थियो ।
चैत १० देखि जेठ ३२ गतेसम्म सुत्केरी भएका महिलाहरुलाई सुुत्केरी राहत प्रदान गरेको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन । बन्दाबन्दीका समयमा सुत्केरी भएर घरमै बसेका, माइती जान नपाएका एवं आफन्तको भेटघाटबाट वञ्चित महिलालाई महानगरले अभिभावकीय भूमिका निर्वाह गदै घरघरमा पौष्टिक आहार पुयाएको थियो ।
महानगरभित्र लकडाउनको समयमा सुत्केरी महिलाहरुलाई पौष्टिक तत्वको कमी नहोस भनेर पौष्टिक आहार वितरण गरिएको हो उनले भनिन् सुत्केरी राहतमा महानगरको १३ लाख ६० हजार रुपैयाँ खर्च भएको पौष्टिक आहार वितरणमा सहभागी पोखरा महानगर भण्डार शाखाका रेवती भण्डारीले जानकारी दिइन् ।
महानगरले सुत्केरी राहत वितरण बन्द गरेको छ । सरकारले असार १ गतेबाट लकडाउन खुकुलो बनाएसंगै सुत्केरी आहार वितण अभियान बन्द भएको उपप्रमुख गुरुङले बताइन । उनका अनुसार ३२ गतेसम्म नाम टिपाएकाहरुलाई भने पौष्टिक आहार वितरण गरिने छ । ‘लकडाउन खुकुलो भयो, अब पौष्टिक आहार वितरण रोक्ने निर्णय गरेका छौ ।’
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१