प्रदेश प्रमुख शेरचनद्वारा आइसोलेसन वार्डको निरीक्षण

आदर्श समाज सम्वाददाता
असार २, २०७७
Pradesh Pramukh Asar 2 photo 2

पोखरा, २ असार । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि निर्मित आइसोलेसन वार्डको निरीक्षण गरेका छन् ।

मंगलबार प्रदेश प्रमुख शेरचनले आइसोलेसन वार्डसहित प्रि–आइसोलेसन वार्ड र मृगौला डाइलोसिस कक्षको समेत निरीक्षण गरेका छन् । सो अवसरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापा, डीन प्रा.डा. नरेन्द्रविक्रम गुरुङ र अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले कोरोना संक्रमितको उपचारको अवस्था र भएका तयारीका बारेमा प्रदेश प्रमुख शेरचनलाई जानकारी गराएका थिए ।

निरीक्षणका क्रममा प्रदेश प्रमुख शेरचनले कोरोना संक्रमितको उपचारका लागि गरिएको तयारी राम्रो पाएको बताए । कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटरसहितका आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि गण्डकी प्रदेश सरकारले बजेटको व्यवस्था गरेको र अस्पतालले समेत राम्रो तयारी गरेको भन्दै उनले कुनै समस्या नहुने अपेक्षा गरे ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. थापाले अटोमेटेड पीसीआर मेसिन छिटै आउन लागेको जानकारी दिँदै कोरोनाको परीक्षणलाई तीव्रता दिइने बताए । अस्पतालका निर्देशक डा. आचार्यले कोरोना संक्रमितको उपचारका लागि ३५ बेडको आइसोलेसन वार्ड तयार भइसकेको जानकारी दिँदै अन्य रोगका बिरामीलाई समेत उपचारमा समस्या नहुने गरी तयारी गरिएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width