एमसीसी खारेज माग गर्दै संंयुक्त देशभक्त मोर्चा गठन

आदर्श समाज सम्वाददाता
असार २, २०७७

पोखरा, २ असार । पोखराका सामाजिक अभियन्ताहरुको आज बसेको बैठकले वरिष्ठ अधिवक्ता तिलक पराजुलीको संयोजकत्वमा संंयुक्त देशभक्त मोर्चा गठन गरेको छ ।

अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) खारेज लगायत राष्ट्रिय हितका पक्षमा नागरिक अभियान संचालन गर्ने उद्देश्यले सो मोर्चा गठन गरिएको हो ।
यस्तै, अभियानको प्रवक्तामा नागरिक समाज पोखराका पूर्व संयोजक रामबहादुर पौडेललाई मनोनयन गरिएको छ ।

अभियान सदस्यमा विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी नरेन्द्रमान लालचन, नीरज थापा, शशी तुलाचन, गोविन्दबहादुर बस्नेत, पुष्प बराल, विष्णुप्रसाद गुरुङ, कृष्णराज अधिकारी, काजी गाउँले र सूर्यबहादुर बानियाँ छन् ।बैठकले एमसीसी खारेजीका लागि दबाब दिन पोखराको शहीदचोकमा असार ६ गते बिहान साढे १० बजे शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णयसमेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width