गुल्मीमा कोरोना संक्रमित एकजना युवकको मृत्यु भएको छ। रेसुंगा नगरपालिकाको आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार राति १० बजे मृत्यु भएको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए।
उनमा जेठ १२ कोरोना संक्रमण पुष्टि भएसँगै रेसुंगा नगरपालिकाको आइसोलेशनमा राखेर उपचार गरिएको थियो। उनी २ वर्षदेखि क्यान्सर रोगले पीडित थिए।
केही दिनदेखि उनको स्वास्थ्य अबस्था गम्भीर थियो । उनी आइसोलेशनको बेडमा जान र झर्न नसक्ने भएपछि उनको भुँइमै राखेर उपचार गरिएको थियो। उनको शवलाई आजै व्यवस्थापन गर्ने स्वास्थ्य संयोजक अर्यालले जानकारी दिए। उनका १४ वर्षका छोरा, ७० वर्षका बुवा र श्रीमती छिन्।
गुल्मीमा यस अगाडि कोरोना संक्रमणकै कारण मदाने गाउँपालिका वडा नं. ६ का ४१ वर्षीय शिक्षकको रुपन्देहीको क्रिमशन अस्पतालमा ज्यान गएको थियो।
नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१