५ जनाको हत्याकाण्डका अभियुक्त सार्वजनिक

विक्रम खड्का
जेठ २८, २०७७
20200610_174417

रूपन्देहीको तिलोत्तमा १०, मैनहियास्थित कृष्णबहादुर पुनको गंगादेवी कृषि फर्ममा मंगलबार ५ जनाको हत्याकाण्डका अभियुक्त झसेन्द्र सिजालीलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।

फर्ममा कार्यरत ३ जना र स्थानीय २ जना गरी ५ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका सिंजालीलाई सार्वजनिक गरिएको हो ।

उनलाई जिल्ला अदालत रुपन्देहीबाट कर्तव्यज्यान मुद्दामा १ हप्ता म्याद थप गरिएको प्रदेश ५ प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।
फर्ममा काम गर्ने सैनामैना ५ दरखासीका ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३५ वर्षीया जानकी मुसहर, फर्ममै बस्ने रमेश भन्ने पोषराज मुसहर, स्थानीय करण चौधरी र आशिष चौधरीको हत्या आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

मृतकहरुले विगतदेखि नै आफूलाई व्यक्तिगत चरित्रमा आक्षेप लगाउने गरी चरित्र हत्या गरेको हुनाले र मानसिक रुपमा चोट पुगेकाले हत्या गरेको अभियुक्तले प्रहरीसमक्ष बयान दिएका छन् ।

हत्याक्रममा पहिले लाठी प्रयोग गरी अचेत बनाएको र फरुवाले हानेर ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

तिलोत्तमा–१०, कान्छी बजारस्थित रामबहादुर पुनको गंगादेवी पशु फार्ममा २७ जेठमा ५ जनाको सामूहिक हत्या भएको थियो ।

आफूलाई ‘भैसीसँग शारीरिक सम्बन्ध’ रहेको आरोप लागेको उनले प्रहरीसमक्ष बताएका छन् ।

आफूलाई ‘भैसीसँग शारीरिक सम्बन्ध’ रहेको आरोप लागेको उनले प्रहरीसमक्ष बताएका छन् । अनुसन्धानमा खटिएका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले भने, “प्रारम्भिक अनुसन्धानमा अभियुक्तलाई यो आरोप केही समयदेखि लागेको थियो र सोही रात पनि यो कुरा उठेको थियो ।”

उनीहरुले साहुलाई र गाउँका मान्छेलाई भनिदिन्छु भन्ने गरेपछि उनी पटक–पटक झगडा गरेको पाइएको वैदावारले बताए । प्रहरीसमक्ष सिंजालीले यो विषय गाउँमा पनि सुनिन थालेपछि आफू विक्षित भएको र सो रिसमा सबैलाई मारेको बताएका छन् ।

केही महिनाअघि श्रीमतीले छाडेपछि मानसिकरुपमा समेत उनी विक्षिप्त थिए । उनले सहकर्मीहरुसँग पनि आफू एक्लो भएको गुनासो गर्दै आएका थिए । अभियुक्तले केही दिन अगाडि मुसा मार्ने विषसमेत किनेको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धान जारी राख्दै प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाउनको लागि मृतकको शरीरबाट रगत, फरुवा र लाठी पठाउन लागिएको जानकारी गराइएको छ । शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width