पोखरा, २७ जेठ । शहिद क्षेत्रबहादुर केसीको सम्झनामा उनको परिवारसँगै उनकै नाममा स्थापित प्रतिष्ठानले विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
लकडाउनको मारका कारण अभावमा बाँचिरहेका दैनिक ज्यालादारी गर्ने ४० परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।‘आज हाम्रो बुवाले सहादत प्राप्त गरेको १५ वर्ष पुग्यो । बुवा जीवित रहँदा पनि सदैव पीडितहरुको पक्षमा बोल्नुभयो । र, काम गर्नुभयो ।’ शहिद केसीका छोरा मनिस केसीले भने–‘यो पीडाको बेलामा केही जनाको भोक मार्न सक्यौँ भने पनि हामीले बुवाप्रति अझै बढी सम्मान गरेको हुनेछ भनेर खाद्यान्न वितरण गरेका हौँ ।’
खाद्यान्न वितरणमा शहिद केसीका अर्का छोरा अबित केसी, शहिद क्षेत्रबहादुर केसी स्मृति प्रतिष्ठानका अध्यक्ष मिलन केसीसँगै स्थानीय जनप्रतिनिधि र राप्रपा सम्बद्ध नेताहरुको उपस्थिति रहेको थियो ।तत्कालीन समयमा पोखरा १८ मनकामनाटोल स्थायी घर भएका केसीलाई तत्कालीन बिद्रोही माओबादीहरुले गोली हानी हत्या गरेका थिए । २०६१ सालमा सशस्त्र द्वन्दको बेलामा माओबादीको गोली हानी हत्या गरिएका केसीलाई सरकारले १३ वर्षपछि शहिद घोषणा गरेको हो । पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष समेत थिए । साविकको पोखरा उपमहानगरपालिका वडा नम्बर १८ मा उनी पटकपटक वडा अध्यक्षमा निर्वाचित भएर स्थानीयस्तरमा जनताको सेवा गरेका थिए ।
Related News
सम्बन्धित समाचार
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मजदुरलाई छैन मजदुर दिवस रौनक
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१