गण्डकी प्रदेशमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

आदर्श समाज सम्वाददाता
जेठ २५, २०७७
Blood sample tube positive with COVID-19

पोखरा, २५ जेठ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखराको प्रि–आईसोलेसनमा रहेका स्याङ्जा जिल्ला वालिङ नगरपालिकाका ६० वर्षीय एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनलाई आईसोलेसन कक्षमा राखिएको जानकारी गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले दिएका छन् । साथै उनको पत्यक्ष सम्पर्कमा रहेको व्यक्तिको खोजतलास समेत शुरू गरिएको जानकारी शर्माले दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या १ सय १४ पुगेको जानकारी निर्देशनालयले दिएको छ ।

उनी २१ जेठमा भारतबाट आएका र किड्नी र उच्च रक्तचापको बिरामीका कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ लगिएकोमा २२ जेठमा स्वाब कलेक्सन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width