कोरोना संक्रमणबाट नेपालमा ११ जनाको मृत्यु

एजेन्सी
जेठ २३, २०७७
coronavirus

काठमाण्डौ, २३ जेठ । नेपालका विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा २७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बिहीवार विभिन्न जिल्लामा २७८ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टाको संख्या समित नेपालमा कोरोना संक्रमितको संख्या २९९२ पुगेको छ ।

तीमध्ये ३३३ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने कोरोनाकै कारण ११ जनाको मृत्यु भएको छ । केही दिनयता भारतबाट नेपालीहरू आएसँगै संक्रमण तीव्र रूपमा फैलिएको छ। संक्रमित वढी क्वारेन्टिनमा बसेकाहरू देखिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width