एकै दिन ३३४ जना संक्रमित थपिए, मृत्यु हुनेकाे संख्या १० पुग्याे

एजेन्सी
जेठ २२, २०७७
coronavirus

काठमाण्डौ, २२ जेठ । बिहीवार थप ३३४ जनामा  काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । कूल संक्रमितको संख्या २६३४ पुगेको छ ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६३४ पुगेको छ ।

नेपालमा  कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० पगुेको छ । जेठ २० गते मृत्यु भएका एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पाल्पाको पूर्वखोलाका ४५ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

उनको २० गते मिसन अस्पताल पाल्पामा मृत्यु भएकोमा संकलित स्वाब परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।उनी भारतबाट आएर क्वरेन्टाइनमा बसेका थिए भने स्वास्थ्यमा समस्या भएपछि अस्पतालमा भर्ना भएकोमा मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० पुगेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width