पोखरा, २० जेठ । गण्डकी प्रदेशअन्तर्गत नवलपुरस्थित प्राकृतिक सामुदायिक चिकित्सालयलाई कोरोना विशेष अस्थायी अस्पतालको रुपमा विकास गरिने भएको छ ।
मंगलबार अस्पताल परिसरमा सरोकारवालाबीचको बैठकले सो निर्णय गर्दै तत्कालका लागि १ सय बेडको आइसोलेसन वार्ड बनाइने निर्णय समेत गरेको छ ।
बैठकमा सहभागी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोदविन्दु शर्माले देवचुली–१६ स्थित सो अस्पताललाई कोरोना डेडिकेटेड अस्पतालको रुपमा विकास गर्ने विषयमा सरोकारवाला निकाय सहित जिल्लाका विभिन्न निकायका प्रमुखसँगको बैठकले सो निर्णय गरेको नियमित भिडियो कन्फ्ररेन्समा जानकारी दिएका हुन् ।
आवश्यक सहयोग भएमा देवचुली–१६, रजहरस्थित सो अस्पतालमा आगामी दिनमा ४ सय बेड क्षमता पनि थप्न सकिने अस्पताल प्रशासनले जनाएको छ ।
यस्तै, बुधबार नै मध्यबिन्दु अस्पतालमा रहेका ५ जना बिरामीलाई सिफ्ट गरेर प्राकृतिक सामुदायिक चिकित्सालय ल्याइने जनाइएको छ । नवलपुरमा हालसम्म ९ जना कोरोना संक्रमित फेला परेका छन् ।
गण्डकीमा हालसम्म ३७ जना कोरोना संक्रमित भएका छन् । मंगलबारमात्र स्याङ्जा र पर्वतमा गरी १० जना पुरुष संक्रमित फेला परेका हुन् ।
स्याङ्जा चापाकोट नगरपालिकाको क्वारेन्टिनमा रहेका वर्ष २२, २६, ३२ र ४० का तथा बिरुवा गाउँपालिकाको क्वारेन्टिनमा रहेका वर्ष २० का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यसैगरी, पर्वत फलेबास नगरपालिका घर भइ सदरमुकाम कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका २० र ४० तथा महाशीला गाउँपालिकाका वर्ष १९, २० र २१ का गरी कुल ५ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनायो । संक्रमित सबैजनाको सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
गण्डकीका कुल ११ जिल्लामध्ये हालसम्म ७ जिल्लामा संक्रमण फैलिएको छ । सबैभन्दा पहिले बागलुङमा संक्रमण देखिएको थियो । त्यहाँ ६ पुरुष र २ महिला गरी ८ जना, नवलपुर (नवलपरासी बर्दघाट सुस्ता पूर्व) मा ८ पुरुष र १ महिला, लमजुङमा १ जना पुरुष, स्याङ्जामा ११ पुरुष र १ महिला, म्याग्दीका १ जना पुरुष, तनहुँका १ जना पुरुष र पर्वतका ५ जना पुरुष संक्रमित भएका हुन् । संक्रमितमध्ये बागलुङका २ महिला र लमजुङका १ बालक उपचारपछि घर फर्केका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको प्रादेशिक स्वास्थ्य प्रयोगशालामा हालसम्म ३ हजार ९ सय ६३ नमुना संकलनमध्ये ३७ जना संक्रमित र ३ हजार ३ सय ६८ को रिपोर्ट नेगेटिभ आएको हो । ५ सय ५८ को पिसीआर टेष्ट रिपोर्ट आउन बाँकी छ । ९ हजार ७ सय ३५ को आरडीटी भएको छ ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१