गण्डकी प्रदेशका ७ जिल्लामा ३७ जना कोरोना संक्रमित

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७७
coronavirus

पोखरा, २० जेठ । दश जना संक्रमित बढेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । स्याङ्जामा थप ५ जना र पर्वत जिल्लाान ५ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टिनमा रहेका २२, २६, ३२ तथा ४० वर्षीय ४ जना पुरुष र स्याङ्जाकै बिरुवा गाउँपालिकाको क्वारेन्टिनमा रहेका २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी पर्वतको फलेबास नगरपालिका घर भइ कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका २० र ४० वर्षीय २ पुरुष तथा सोही क्वारेन्टिनमा रहेका महाशीला गाउँपालिकाका १९, २० र २१ का ३ जना पुरुषमा संक्रमण देखिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक बिनोदविन्दु शर्माले जानकारी दिए ।

उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेका वताइएको छ । पर्वतमा कोरोना देखिएसँगै गण्डकी प्रदेशमा संक्रमित जिल्ला ७ पुगेको छ । गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ६ पुरुष, २ महिला , स्याङ्जाका ११ पुरुष, १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकमा ८ पुरुष, १ महिला, लमजुङका १ जना, म्याग्दीका १ जना पुरुष र तनहुँका १ जना पुरुष तथा पर्वतका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा आकस्मिक कक्षमा उपचार गर्ने क्रममा आइतबार बेलुका मृत्यु भएका स्याङ्जा फेदीखोला गाउँपालिका खहरेका ५१ वर्षीय व्यक्तिमा सोमबार परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width