पोखरा, २० जेठ । एम्वुलेन्स चालक तथा स्वयम्सेवकलाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरिएको छ । कोभिड—१९ को बढ्दो संक्रमण र उच्चजोखिमको परिस्थितिलाई मध्यनजर गर्दै यसको रोकथाम र नियन्त्रणमा पूर्व सावधानी अपनाउनका लागि जि एट समूहले एम्वुलेन्स चालक तथा स्वयम्सेवकलाई सुरक्षा समाग्री सहयोग गरेको हो।
एम्वुलेन्स सञ्चालन र स्वयम्सेवको भूमिका खेलेका संघ संस्थालाई ज्वरो नाप्ने थर्मल गन, पीपीई, माक्स, पञ्जा सहयोग गरेको जि एट समूहका संयोजक राजु कायस्थले जानकारी दिए ।
स्वास्थ्य सुरक्षा समाग्री समाज कल्याण समिति रामबजार, भिन्तुना युवा क्लब नदिपुर, मानव मिलन संस्था, मियाँ पाटन समाज, नवप्रभात स्कूल नयाँवजार, युनाइटेड क्लब नदिपुर, सिद्धार्थ क्लब, डेभिटफल युवा क्लबलाई हस्तान्तण गरिएको थियो ।
कार्यक्रममा बोल्दै पोखरा महानगर पालिका वडा नंं. ३ का वडा सदस्य रवीन कायस्थले महामारीको वेलामा अत्यावश्यक सामाग्री सहयोग गरेर उदाहरणिय कार्य गरेको बताए ।
सिद्धार्थ क्लबकी अध्यक्ष पार्वती माकाजुले यो समाग्रीले एम्वुलेन्स चालक सुरक्षित भएर सेवा प्रभाव गर्न सहयोग पुगेको बताइन् ।विगत ३० वर्ष देखि आफ्ना वाल्यकालका साथीहरुको समूहले हरेक विपतको वेला सहयोग गर्दै आएको छ । समूहमा राजु कायस्थ, श्यामकाजी श्रेष्ठ, सुनील ताम्राकार, कविन्द्र श्रेष्ठ, विवेक शाक्य, अनिल शाक्य, उत्तम श्रेष्ठ, पुरषोत्तम श्रेष्ठ, निशेष उपाध्याय, भीम गुरुङ(युके), केशर गुरुङ (हङ्कङ), सुरज श्रेष्ठ(युके), डा.विदुर केसी रहेका छन् । यो अभियानलाई शिक्षा गुरुङ(हङ्कङ), तेज गुरुङ मुन्ना(युके) दिपन श्रेष्ठ(अष्ट्रेलिया) ले पनि सहयोग गरेका थिए ।
Related News
सम्बन्धित समाचार
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
माटो सुहाउँदो खेती गरे विदेशिनु पर्दैन : प्रमुख घर्ती
hero news full width
मुख्य समाचार
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१